कोशी प्रदेश सरकार र पहिचानवादीबिच दोस्रो वार्ता सुरु
विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण सङ्घर्ष समितिबिच दोस्रो वार्ता सुरु भएको छ । विराटनगरको होटल स्टर्न स्टारमा दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो ।
वार्तामा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू, सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलको सहभागिता छ ।
यस्तै पहिचानवादीहरूको तर्फबाट वार्ता टोलीमा डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, अर्जुन जम्नेली राईलगायतको उपस्थिति छ । गत माघ २६ गते भएको वार्तामा पाँच बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने त्यसबेला सहमति भएको थियो ।
यस्तै सहमति अनुसार फागुन १० गते अगावै दुवै पक्षको सहमतिमा पुनः वार्ता गर्ने पनि उल्लेख थियो । सोही सहमति अनुसार दोस्रो वार्ता बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण