प्रधानमन्त्री प्रचण्डले लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने
बुधबार, ०९ फागुन २०८०, १९ : ४२
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । प्रदेशसभाको हिउँदे अधिवेशनलाई संशोधन गर्न प्रधानमन्त्री प्रचण्ड दाङको देउखुरी आउने भएका हुन् ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीले काठमाडौँ गएर बुधबार प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा दिएका थिए ।
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन यही फागुन १८ गतेदेखि सुरु हुँदै छ । प्रधानमन्त्रीले १९ गते समय दिएको सभामुख तुलाराम घर्तिमगरले बताए । उनले प्रदेश सभामा प्रधानमन्त्री आउँदा प्रदेश सभाको गरिमा वृद्धि हुने अपेक्षा रहेको बताए ।
यसअघि बुटवलमा भएको लुम्बिनीको अधिवेशनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण