मिटरब्याजी सुनिल साहविरुद्ध उजुरी दर्ता
विराटनगर । विराटनगर महानगरपालिका–१८ नम्बर वडाको दमादिगी बस्तीका मिटरब्याज पीडित ६ जनाले स्थानीय सुनिलकुमार साहको विरुद्धमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् ।
विराटनगर १८ दमादिगी बस्तीका ४८ वर्षीय दिलीपकुमार अमात, ४५ वर्षीय रमानन्द मण्डल, ४७ वर्षीय नारायण साह, ६८ वर्षीय महेशलाल मण्डल र ६५ वर्षीय लक्ष्मीदेवी साहले साहविरुद्धमा उजुरी दिएका हुन् । साहले आफूहरूको उठिबास लगाएका कारण जग्गा फिर्ता हुनुपर्ने उनीहरुले माग गरेका छन् ।
दिलीपले ४ वर्ष अगाडि आमा र बाबुको काजक्रिया गर्न र घर खर्च चलाउन भन्दै उनै सुनिलसँग तमसुक बनाएर ४ लाख रुपैयाँ लिएका थिए । त्यसबेला सुनिलले १० कट्ठा जग्गा आफ्नो नाममा (धितो बन्धकी) लिएर मात्रै ४ लाख रुपैयाँ ऋण दिएका थिए । उनको जग्गा नै अहिले सुनिलको कब्जामा छ ।
यस्तै ४५ वर्षीय रमानन्द मण्डलले ४ कट्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्ष अगाडि २ लाख रुपैयाँ लिएको भए पनि १ लाख ८० हजार तिरिसक्दा पनि अझै ८ लाख रुपैयाँ बुझाउन सुनिलले दबाब दिइरहेको छन् । ८ लाख नबुझाएसम्म आफ्नो चार कट्ठा सुनिलले कब्जा गरेर बसेको उनले सुनाए ।
विराटनगर १८ दमादीगीकै ४७ वर्षीय नारायण साहले पनि तीन वर्ष अगाडि ७ लाख रुपैयाँ ऋण लिएको भए पनि २१ लाख ७ हजार रुपैयाँ तिरेपछि मात्र ६ कट्ठा जग्गा फिर्ता दिएका थिए । तर, उनकी आमा लक्ष्मीदेवी साहको जग्गा उनै सुनिलले कब्जा गरिरहेका छन् । सुनिललाई उनले एक लाख २५ हजार रुपैयाँ ऋणको ५५ हजार रुपैयाँ तिरिसके पनि अझै चार लाख ५० हजार रुपैयाँ माग गरिरहेको दाबी गरेका छन् ।
उता महेशलाल मण्डलले सुनिलसँग २०६८ सालमा चार कट्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ लिएका थिए । उनले पनि ४ लाख ७० हजार रुपैयाँ तिरिसकेको बताए । सुनिलले अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा फिर्ता दिने बताएको उनले सुनाए । आफूहरू बाध्य भएर जिल्ला प्रशासनमा आउनु परेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण