बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘गोर्खा वारिअर’को प्रिमिएरमा पूर्व प्रधानमन्त्री ओलीदेखि हरिवंशसम्म

बिहीबार, १० फागुन २०८०, ०९ : ०८
बिहीबार, १० फागुन २०८०

काठमाडाैँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘गोर्खा वारिअर’को काठमाडौँमा भव्य प्रिमिएर गरिएको छ । प्रिमिएर पूर्व प्रधानमन्त्री केपी ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाह, कलाकार हरिबंश आचार्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का लगायत राजनीतिज्ञदेखि कलाकारसम्मको बाक्लो उपस्थिति रहेको थियो ।

प्रिमिएरमा सहभागी अधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया समेत दिए । मिलन चाम्स निर्देशित फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, विरुप घलेको मुख्य भुमिका छ । फिल्म नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरेर ४ भाषामा रिलिज हुनेछ । 

दोस्रो विश्वयुद्धको क्रममा सन् १९४९ मा भएको मलाया युद्धमा गोर्खा सैनिकले लडेको वीरतापूर्ण लडाइँको कथा र त्यसले युद्धमा लड्ने शैनिकको परिवारमा पारेको प्रभाव फिल्मको कथा हो । सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टले निर्माण रहेको फिल्मका निर्माता सुमन राई, सुस्मिता र ज्योतीराज राई हुन् ।

gorkha wariar (1)gorkha wariar (2)gorkha wariar (3)gorkha wariar (4)gorkha wariar (6)gorkha wariar (7)gorkha wariar (8)gorkha wariar (9)gorkha wariar (10)gorkha wariar (11)gorkha wariar (12)gorkha wariar (13)gorkha wariar (14)gorkha wariar (15)gorkha wariar (16)gorkha wariar (17)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप