अन्तिम समयमा गालेनोले गोल गरेपछि पोर्टोसँग जिल्लियो आर्सनल
बिहीबार, १० फागुन २०८०, ०९ : १३
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ टोलीबिचको भिडन्तको पहिलो लेग खेलमा इङ्लिस प्रिमियर लिग क्लब आर्सनल पराजित भएको छ । आर्सनललाई पोर्चुगिज क्लब एफसी पोर्टोले १–० गोलले स्तब्ध: पारेको हो ।
उक्त खेल पोर्टोको घरेलु मैदानमा खेलिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा पोर्टोले निर्णायक गोल गरेको थियो । दोस्रो हाफको इन्जुरी समयमा पोर्टोका लागि रोड्रिग्वेज गालेनोले निर्णायक गोल गरेका थिए ।
खेलका क्रममा आर्सनलका खेलाडीले अधिकांश समय आफ्नो खुट्टामा बल नचाए पनि गोल भने गर्न सकेनन् । दोस्रो लेग खेल मार्च १२ तारिखमा आर्सनलको घरेलु मैदानमा खेलिने छ । आर्सनल सन् २००९÷१० सिजनपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण