एमएलएसमा स्वारेजको ‘डेब्यू’, पहिलो खेलमै मेस्सीको क्लब इन्टर मियामी विजयी
काठमाडौँ । अमेरिकी ब्यवसायीक लिग फुटबल मेजर लिग सकर (एमएलएस) को नयाँ सिजन सुरु भएको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमै अर्जेन्टिनी स्टार लियोनल मेस्सीको क्लब इन्टर मियामीले जित हासिल गरेको छ ।
एमएलएसको उद्घाटन खेलमा इन्टर मियामीले रियल साल्ट लेकलाई २–० गोलले हराएको हो । इन्टर मियामीले खेलको दुबै हाफमा एक–एक गोल गरेको थियो । इन्टर मियामीका लागि पहिलो गोल खेलको ३९औँ मिनेटमा रोबर्ट टेलरले गरेका थिए ।
निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि डिएगो गोमेजले इन्टर मियामीका लागि दोस्रो गोल गरेका थिए । उक्त गोलका लागि गोमेजलाई मेस्सी र लुइस स्वारेजले सहयोग गरेका थिए । जितबाट तीन अंक हात पार्दै इन्टर मियामी तालिकाको पहिलो स्थानमा आसिन छ ।
रियल साल्ट लेकविरुद्धको खेलमार्फत लुइस स्वारेजले इन्टर मियामीका लागि ‘डेब्यू’ गरेका थिए । रियल साल्ट लेक १५ वर्षपछि एमएलएसको आफ्नो पहिलो खेलमै पराजित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण