बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
महासमिति बैठक

कांग्रेस महासमिति बैठकमा तनाव, गगन थापा समर्थकको नाराबाजी

बिहीबार, १० फागुन २०८०, १६ : ०८
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा तनाव उत्पन्न भएको छ । बैठक हलमा गण्डकी र बागमतीको समूहमा भएको छलफलको निष्कर्ष बागमती प्रदेशका सभापति इन्द्र बानियाँले बिहीबार पेस गर्न सुरु गरेसँगै महामन्त्री गगन थापाका समर्थकले होहल्ला सुरु गरेका हुन् । 

बानियाँले निष्कर्ष सुनाउने क्रममा गठबन्धनको विषय रणनीतिकमात्रै हुनुपर्ने बताएसँगै होहल्ला सुरु भएको हो । बैठक हलमा तनावको अवस्था सिर्जना भएसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरेका थिए । तर, गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरुले नाराबाजी जारी राखे । त्यसपछि थापाले नै समर्थकलाई होहल्ला रोक्न आग्रह गरेपछि बैठक सुचारु भएको थियो । 

महासमिति बैठकमा थापाले आफ्नो सांगठनिक प्रस्तावमा गठबन्धन गर्न नहुने उल्लेख गरेपनि हलमा त्यसको विपक्षमा बलियो मत देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप