कांग्रेस महासमिति बैठकमा तनाव, गगन थापा समर्थकको नाराबाजी
काठमाडौँ । नेपाली कांग्रेसको ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा तनाव उत्पन्न भएको छ । बैठक हलमा गण्डकी र बागमतीको समूहमा भएको छलफलको निष्कर्ष बागमती प्रदेशका सभापति इन्द्र बानियाँले बिहीबार पेस गर्न सुरु गरेसँगै महामन्त्री गगन थापाका समर्थकले होहल्ला सुरु गरेका हुन् ।
बानियाँले निष्कर्ष सुनाउने क्रममा गठबन्धनको विषय रणनीतिकमात्रै हुनुपर्ने बताएसँगै होहल्ला सुरु भएको हो । बैठक हलमा तनावको अवस्था सिर्जना भएसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरेका थिए । तर, गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरुले नाराबाजी जारी राखे । त्यसपछि थापाले नै समर्थकलाई होहल्ला रोक्न आग्रह गरेपछि बैठक सुचारु भएको थियो ।
महासमिति बैठकमा थापाले आफ्नो सांगठनिक प्रस्तावमा गठबन्धन गर्न नहुने उल्लेख गरेपनि हलमा त्यसको विपक्षमा बलियो मत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण