प्रधानमन्त्रीलाई ओलीको प्रश्न : मन्त्रीले राजीनामा नदिने भए हटाउनुपर्दैन ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा मन्त्री निर्लज्ज हुँदैमा सिंगो सरकार/प्रधानमन्त्री नै निर्लज्ज हुन नहुने टिप्पणी गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटीको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार निर्लज्जताको पराकाष्ठा भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मन्त्रीहरु भ्रष्टाचारमा मुछिएर अख्तियारमा बयान दिँदै हिडेपनि प्रधानमन्त्रीले यसमा कुनै अप्ठेरो नमानेको बताए ।
‘प्रधानमन्त्रीलाई यसमा अप्ठ्यारो लाग्नुपर्दैन ? प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्दैन ? मन्त्रीले राजीनामा नदिने भए आफूले हटाउनुपर्दैन ? मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री, सिंगै सरकार नै निर्लज्ज हुने ?’, अध्यक्ष ओलीले प्रश्न गरे ।
फागुन ८ गतेदेखि सुरु भएको एमाले बैठक आज सकिएको हो । बैठकले आगामी वर्षलाई पार्टी शुद्धीकरण र सुदृढीकरणको वर्षका रुपमा अघि बढाउने निर्णय पनि गरेको छ ।
बैठकले सरकारविरुद्ध छिटै जनपरिचालनको एजेण्डा सार्वजनिक गर्ने र आवश्यकता अनुसार सदन र सडकमार्फत जनताका आवाज उठाउने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण