विराट गोल्डकप चैत १५ गतेदेखि हुने
विराटनगर । कोशी प्रदेशकै ठूलो फुटबल प्रतियोगिता विराट गोल्डकपको आठौँ संस्करण आगामी चैत १५ गतेदेखि संचालन हुने भएको छ ।
विराट गोल्डकप ट्रष्टले आगामी चैत १५ गतेदेखि १० दिनसम्म प्रतियोगिता हुने ट्रष्टका अध्यक्ष किशोर शाहीले बताए । प्रतियोगितामा सहभागी हुने टिमको छनोट भने भइनसकेको शाहीले बताए ।
सहिद रंगशाला विराटनगरमा हुने प्रतियोगिता रात्रिकालिन हुनेछ । प्रतियोगिताको पुरस्कार राशि भने झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले गत वर्ष २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएकोमा यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष गोल्डकप आयोजना गर्दा घाटा लागेका कारण यो वर्ष पुरस्कारको राशि घटाउन बाध्य भएको अध्यक्ष शाहीले बताए ।
२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२–०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । गत वर्ष विराटनगर फुटबल क्लब प्रतियोगिताको विजेता बनेको थियो भने भारत केरलाको लुका सकर क्लब उपबिजेता बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण