वाफ च्याम्पियनसिप : साम्बाको पाँच गोलसँगै नेपालले इराकलाई सजिलै हरायो
काठमाडौँ । सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेपछि पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको बिहीबार खेलिएको खेलमा नेपाली महिला टोलीले इराकमाथि ५-० को सजिलो जित हात पारेको छ ।
खेलको प्रारम्भदेखि नै नेपालले इराकलाई दबाबमा राखेको थियो । सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् । निर्धारित समयको १४औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसको एक मिनेटपछि नै उनले नेपालको अग्रता दोब्बर बनाइन् ।
सावित्राले खेलको ३६औँ मिनेटमा तेस्रो र ४३औँ मिनेटमा चौथो गोल गरेकी थिइन् । खेलको दोस्रो हाफमा पनि नेपालले एक गोल थपेको थियो । नेपालका लागि पाँचौँ गोल पनि सावित्राले नै गरिन् । उनले पाँचौँ तथा अन्तिम गोल निर्धारित समयको ७९औँ मिनेटमा गरेकी थिइन् ।
आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएको नेपालले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो । लगातार दोस्रो जितसँगै नेपाली टोलीले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।
साउदी अरेबियामा जारी उक्त प्रतियोगितामा नेपाल, इराक, प्यालेस्टाइन र सिरिया समूह ‘बी’ मा रहेका छन् । यसअघि खेलिएको समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपाली टोलीले सिरियालाई ४-१ गोलको फराकिलो अन्तरले हराएको थियो ।
सिरियाविरुद्धको खेलमा नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक-एक गोल गरेका थिए । नेपाली टोलीले समूहगत चरणको अन्तिम खेल शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । तालिकामा ६ अंकसहित नेपाल पहिलो स्थानमा आसिन छ ।
एक खेल खेलेको प्यालेस्टाइन तीन अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । सिरिया र इराकले भने खाता खोल्न सकेका छैनन् । प्यालेस्टाइनले आफ्नो पहिलो खेलमा इराकलाई ३-० गोलले हराएको थियो ।
प्रतियोगिताको समूह ‘ए’ मा भने जोर्डन, लेबनन, साउदी अरेबिया र ग्वाम रहेका छन् । उक्त समूहबाट जोर्डन र लेबनन यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् । यी दुबै टोलीले समूहगत चरणमा दुई-दुई जित हासिल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण