लालबन्दी महोत्सव सुरु
मलङ्गवा । सर्लाहीमा प्रथम लालबन्दी महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार’ नारासहित लालबन्दी नगरपालिका–६, राधाकृष्ण खेल मैदानमा उक्त महोत्सव प्रारम्भ भएको हो । महोत्सव यही फागुन २२ गते सम्म चल्नेछ ।
महोत्सवको मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गरे । महोत्सवको उद्घाटन समारोहमा कौडा नृत्य, थारु नृत्य, लाखे नृत्य, तामाङ सेलो, मगर, नेवारीलगायत विभिन्न नृत्य प्रस्तुत गरिएका थिए । साथै डोरी तान्ने प्रतियोगिता, क्युकोशिन कराते, आईटीएफ करातेलगायत खेल पनि प्रर्दशन गरिएको थियो ।
उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्र बलम्पाकीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य बेची लुङगेली, लालबन्दी नगरपालिकाका नगरप्रमुख वाशुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतको सहभाागीता रहेको थियोे ।
नेपाल उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य सङ्घ मधेश प्रदेशको सहयोग तथा लालबन्दी नगरपालिकाको संरक्षण र उद्योग वाणिज्य सङ्घ लालबन्दीको आयोजनामा सुरु भएको उक्त महोत्सवमा कृषि लगायत विभिन्न किसिमका कक्ष राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण