सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्गठित पार्टी सदस्यता नवीकरण गर्न जसपाको सर्कुलर

शुक्रबार, ११ फागुन २०८०, ०८ : ४८
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता नवीकरणको लागि सर्कुलर गरेको छ । पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रदेश तथा जिल्लाबाट आगामी फागुन २० गतेभित्र नवीकरण गराउन सर्कुलर गरिएको हो । 

फागुन २० गतेसम्म नवीकरण गराइ फागुन २५ गतेसम्म रेकर्ड तयार गरी सम्बन्धित तहमा पठाउन सहज हुने भएकोले उक्त समय सीमा निर्धारण गरिएको पार्टीले जनाएको छ । 

जसपाको सङ्गठित सदस्यता शुल्क वार्षिक सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । सदस्यता शुल्कबापतको रकम र रसिद केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप