सङ्गठित पार्टी सदस्यता नवीकरण गर्न जसपाको सर्कुलर
शुक्रबार, ११ फागुन २०८०, ०८ : ४८
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता नवीकरणको लागि सर्कुलर गरेको छ । पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रदेश तथा जिल्लाबाट आगामी फागुन २० गतेभित्र नवीकरण गराउन सर्कुलर गरिएको हो ।
फागुन २० गतेसम्म नवीकरण गराइ फागुन २५ गतेसम्म रेकर्ड तयार गरी सम्बन्धित तहमा पठाउन सहज हुने भएकोले उक्त समय सीमा निर्धारण गरिएको पार्टीले जनाएको छ ।
जसपाको सङ्गठित सदस्यता शुल्क वार्षिक सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । सदस्यता शुल्कबापतको रकम र रसिद केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण