त्रिवि उपकुलपति बरालद्वारा पदभार ग्रहण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निमित्त कुलपति प्राडा शिवलाल भुसालले पदभार ग्रहण गराएका थिए ।
पदभार ग्रहण कार्यक्रममा त्रिविका रेक्टर, रजिस्ट्रार डीन लगायतका पदाधिकारी तथा शिक्षक कर्मचारी सहभागी थिए ।
प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले बिहीबार उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए । शिक्षा मन्त्रालयले गठन गरेको सिफारिस समितिको सिफारिसका आधारमा बराल नियुक्त भएका हुन् ।
समितिले बरालसहित प्राडा चित्रबहादुर बुढाथोकी र प्राडा टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । सिफारिसमा दोस्रो नम्बरमा रहेका बराल उपकुलपति बनेका हुन् ।
पोखरा विश्वविद्यालय पूर्व उपकुलपति समेत रहेका बरालले विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य गर्ने समेत बताएका छन् । पदभार ग्रहण गर्दै उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाए ।
शैक्षिक क्यालेन्डर कार्यान्वयन, समयमै परीक्षा तथा नतिजा प्रकाशन लगायतका विषय आफ्नो प्राथमिकतामा रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण