प्रदेश प्रमुख शर्माद्वारा संसद् अधिवेशन आह्वान
हेटौँडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख शर्माले फागुन १५ गतेका लागि अधिवेशन बैठक आह्वान गरेका हुन् ।
प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक १५ गते ३ बजे बस्ने छ । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बैठक डाकेका हुन् । गत माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले फागुन १५ गते ३ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्ने निर्णयसहित प्रदेश प्रमुख शर्मासमक्ष सिफारिस गरेको थियो ।
विगत ४ महिनादेखि प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन । सरकार र प्रतिपक्ष दलहरू बिचको द्वन्द्वका कारण संसद् अधिवेशन डाक्ने विषयमा समस्या हुँदै आएको छ । विधान अधिवेशनका रुपमा रहेको हिउँदे अधिवेशन डाक्ने विषयमा सरकार र प्रतिपक्ष बिचको अन्तर द्वन्द्वले समस्या देखिएको हो । प्रदेशसभाको बैठक बस्न नसक्दा कानुन निर्माण प्रक्रिया प्रभावित बनेको छ भने सांसदहरूले समसामयिक विषयमा जनाताका माग र भनाइहरू राख्न नपाएको गुनासो बढ्दो छ । बैठक सञ्चालन नहुँदा संसदीय समितिले समेत पूर्णता पाउन सकेको छैन ।
गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको ४ महिना पुरा भइसक्दा पनि हिउँदे अधिवेशन आह्वान गर्न सकिएको थिएन । सरकार र प्रतिपक्ष दलहरू बिचको द्वन्द्व कारण संसद् अधिवेशन डाक्ने विषयमा समस्या हुँदै आएको थियो ।
सभामुखले बोलाए सर्वदलीय बैठक
प्रदेशसभा बैठक बस्नु पूर्व संसद् सचिवालयमा सर्वदलीय बैठक बस्ने भएको छ । सोहीअनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले फागुन १३ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् । बैठक संसद् सचिवालय हेटौँडामा दिउँसो २ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । संसद् बैठकको कार्यसूची लगायतका विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएको उनले बताए ।
सर्वदलीय बैठकमा सत्तापक्ष र विपक्ष बिचको विगतको विवाद समाधान गर्ने योजना रहेको छ । सर्वदलीय बैठकमा सरकार र प्रतिपक्ष दलहरू बिचको विवाद, बजेट पारित गर्दाको समयमा भएको सहमतिका विषयमा समझदारी बनाउने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण