सडक निर्माणको माग गर्दै जिसस प्रमुख गौतम आमरण अनसनमा
शुक्रबार, ११ फागुन २०८०, १७ : ०१
काभ्रे । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतम आमरण अनसनमा बसेका छन् । सडक निर्माणको माग गर्दै जिसस प्रमुख गौतमले शुक्रवारदेखि आमरण अनसन सुरु गरेका हुन् ।
धुलिखेल खावा सडक स्तरोन्नती सहित कालोपत्रे गर्न माग गर्दै उनले आमरण अनसन सुरु गरेका हुन् । सो सडक निर्माणको काम सुस्त भएको र नागरिकहरूले दुःख पाएको उनको भनाई छ । अनसनले सो सडक निर्माणमा दबाब पुग्ने र काम चाँडो हुने उनको विश्वास रहेको छ ।
अरनिको राजमार्ग अन्तर्गतको ४ किलो मिटरको उक्त धुलिखेल–खावा सडक खण्ड विस्तारको कामका लागि २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबिच २२ महिनामा सडक विस्तार एवम् स्तरोन्नतिको काम सक्ने गरी सम्झौता भएको थियो ।
निर्माण सुरु भएको २० महिना बितिसक्दा २० प्रतिशत पनि काम हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण