सडक निर्माणको माग गर्दै जिसस प्रमुख गौतम आमरण अनसनमा
शुक्रबार, ११ फागुन २०८०, १७ : ०१

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतम आमरण अनसनमा बसेका छन् । सडक निर्माणको माग गर्दै जिसस प्रमुख गौतमले शुक्रवारदेखि आमरण अनसन सुरु गरेका हुन् ।
धुलिखेल खावा सडक स्तरोन्नती सहित कालोपत्रे गर्न माग गर्दै उनले आमरण अनसन सुरु गरेका हुन् । सो सडक निर्माणको काम सुस्त भएको र नागरिकहरूले दुःख पाएको उनको भनाई छ । अनसनले सो सडक निर्माणमा दबाब पुग्ने र काम चाँडो हुने उनको विश्वास रहेको छ ।
अरनिको राजमार्ग अन्तर्गतको ४ किलो मिटरको उक्त धुलिखेल–खावा सडक खण्ड विस्तारको कामका लागि २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबिच २२ महिनामा सडक विस्तार एवम् स्तरोन्नतिको काम सक्ने गरी सम्झौता भएको थियो ।
निर्माण सुरु भएको २० महिना बितिसक्दा २० प्रतिशत पनि काम हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
कास्कीमा सशस्त्र प्रहरीद्वारा विपद् स्वयंसेवक तालिम सञ्चालन
-
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन
-
गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल
-
कथाकार माया ठकुरी उर्फ ‘चिहानडाँडा धाउने बौलाही’
-
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने