नेदरल्यान्ड्समाथि नामिबियाको रोमाञ्चक जित
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको शुक्रबारको खेलमा नामिबियाले नेदरल्यान्ड्समाथि २४ रनको रोमाञ्चक जित हासिल गरेको छ । जारी प्रतियोगितामा नामिबियाको यो तेस्रो जित हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुनुअघि दुई सय तीन रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने ४३.५ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रनमात्र बनाउन सक्यो ।
निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल ४५–४५ ओभरमा खेलाइएको थियो । नामिबियाका लागि जन निकोल लफ्टी एटनले ४९ रन बनाए । रन आउट भई पेभेलियन फर्किनुअघि उनले ४३ बलमा दुई छक्का र ६ चौका पनि प्रहार गरे ।
ओपनर ब्याट्सम्यान मलान क्रुगरले पनि टोलीको खातामा ३९ रन थपे । उनले ४८ बलमा पाँच चौका हिर्काए । जन फ्राइलिंकले ३४ रन जोडे । उनले ५७ बलमा चार चौका पनि प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान जेन ग्रिनले टोलीको खातामा २२ रन थपे । उनले २० बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।
रुबेन ट्रम्पलम्यानले अविजित २३ रन बनाए । नामिबियाले अतिरिक्त रुपमा पनि १३ रन पायो । नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले तीन विकेट लिए । आर्यन दत्त र रेलोफ भान डेर मर्वेले दुई–दुई विकेट हात पारे । सारिज अहमद र बास डे लिडले पनि एक–एक विकेट लिए ।
जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि नोच क्रोएसले अविजित ४६ रन बनाए । ओपनर म्याक्स ओ’डडले ४१ रन जोडे । बास डे लिडले २४ रन बटुले । नेदरल्यान्ड्सलाई लक्ष्यसम्म पुग्न नदिन नामिबियाका बलर जेरहार्ड एरास्मस र जन फ्राइलिंकले तीन–तीन विकेट लिए । बेनार्ड स्कोल्जले पनि दुई विकेट हात पारे । जन निकोल लोफ्टी एटन र रुबेन ट्रम्पलम्यानले पनि एक–एक विकेट लिए ।
जारी प्रतियोगितामा नामिबियाको यो चौथो खेल हो । तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । नामिबियाले यसअघि दुई खेलमा नेपाललाई हराएको थियो । एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
तीन खेल खेलेको नेपाल एक जितबाट दुई अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । तीन खेल खेलेको नेदरल्यान्ड्स भने दुई अंकसहित तेस्रो स्थानमा आसिन छ । नेदरल्यान्ड्सले एक खेलमा नामिबियालाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण