ग्यालेक्सी एआईलाई थप ग्यालेक्सी डिभाइसहरूमा उपलब्ध
काठमाडौँ । सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान् युआई ६.१ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजहरुमा पनि मार्चको अन्त्यदेखि ग्यालेक्सी एआई उपलब्ध हुने जनाइएको छ । हालसालै प्रस्तुत गरिएको ग्यालेक्सी एस२४ सिरिजसंग आबद्ध यो अद्यावधिकले अन¬–डिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत् प्रयोगकर्ताहरुको मोबाइल एआई अनुभवको स्तरलाई उकास्नेछ ।
“ग्यालेक्सी एआइसंग हाम्रो लक्ष्य मोबाइल एआइको नयाँ युगको जननी बन्ने मात्र नभई मोबाइल एआई अझ बढी पहुँच योग्य बनाएर प्रयोगकर्ताहरुलाई सशक्त बनाउनु पनि हो,” सामसङ इलेक्ट्रोनिक्स, मोबाइल एक्स्पे्रियन्स बिजनेस प्रमुख तथा अध्यक्ष टिएम ¥होले भने, “यो ग्यालेक्सी एआइको शुरुवात मात्र हो, हाम्रो योजना त सन् २०२४ भित्र दश करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरुलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआइको असिमित सम्भावनाहरुको उपयोगको लागि नवीन उपायहरुको खोजी जारी राख्ने रहेको छ ।”
एआई संचालित मोडलहरुमा उपलब्ध सञ्चार सेवा विस्तारित ग्यालेक्सी एआई विशेषताहरुको लाभ अझै धेरै ग्यालेक्सी प्रयोगकर्ताहरुले लिन सक्नेछन् । यी विशेषताहरुमा मेसेज टोन मिलाउने र च्याट एसिस्टको सहायताले १३ भिन्न भाषाहरुमा मेसेजहरु ट्रान्सलेट गर्ने सुविधा समेत संलग्न छन् । ग्यालेक्सी प्रयोगकर्ताहरुले लाइभ ट्रान्सलेट मार्फत् रियल टाइमा नै भाषा ट्रान्सलेट गर्न सक्नेछन्, जसले फोन कलहरुका लागि आवाज र टेक्स्ट अनुवादहरु उपलब्ध गराउनेछ । इन्टरप्रिटरको साथमा प्रयोगकर्ताहरु आफ्नो यात्राको दौरानमा स्थानीयहरुसंग तत्काल कुराकानी गर्न सक्षम हुनेछन् किनकी स्प्लिट स्क्रिन विशेषताले प्रत्यक्ष कुराकानीका लागि टेक्स्टहरु अनुवाद गरेर देखाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण