पोखराबाटै अवैध अन्तर्राष्ट्रिय कल बाइपास, ७ सय सिमसहित २ जना पक्राउ
पोखरा । अनुमति बेगर अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । गैरकानूनी रूपमा कल बाइपास गरेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा ११ फूलबारी बस्ने २७ वर्षका इमरान अहमद र सोही ठाउँ बस्ने ३७ वर्षका विशाल साह कलवार छन् । उनीहरूको साथबाट १२८ पोर्ट क्षमताको डिभाइसमा सीमकार्ड प्रयोग गरी कल बाइपास गरिरहेको अवस्थामा बरामद भएको कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले जानकारी दिए ।
उनीहरूको साथबाट ६४ पोर्ट भएको अवैध कल बाइपास गर्ने २ वटा उपकरण, १२८ वटा सीमकार्ड, वर्ल्ड लिंकको राउटर, एउटा युपिएस, एक्टेन्सन कर्ड, नेट फाइवर, पेन ड्राइभ, २ वटा मोवाइल र ५९७ वटा एनसेलको सिम बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण