शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ कीर्तिमान बनाउँदै लेभरक्युजनलाई ११ अङ्कको अग्रता

शनिबार, १२ फागुन २०८०, ०६ : २६
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । बायर लेभरक्युजनले माइन्जलाई रोमाञ्चक खेलमा हराउँदै जर्मनीमा ३३ खेलको अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ । जीतपछि ज्याभी ओलोन्सोको टोलीले बुन्डेस लिगाको शीर्ष स्थानमा दोस्रो स्थानमा रहेको बायर्न म्युनिखभन्दा ११ अङ्कको अग्रता बनाएको हो ।

ग्रानिट जाकाले खेलको तेस्रो मिनेटमा नै लेभरक्युजनलाई अग्रता दिलाएका थिए । तर, चार मिनेटपछि नै डोमिनिक कोहरले खेल बराबरी गरे । दोस्रो हाफमा रोबर्ट एन्डरिचको लामो दुरीको प्रहार माइन्जका गोलकिपर रोबिन जेन्टनरले रोक्न नसकेपछि खेल लेभरक्युजनले २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

एन्डरिचको गोलपछि बराबरी गोल फर्काउने आशमा रहेको माइन्जलाई अर्को धक्का लाग्यो । ८० औँ मिनेटमा जेसिक न्गाकाकामले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्न पुगेको थियो ।

२३ खेलपछि लेभरक्युजनको ६१ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको बायर्नले एक खेल कम खेल्दै ५० अङ्क बटुलेको छ । माइन्ज १५ अङ्कसहित रेलिगेसन क्षेत्रमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप