नयाँ कीर्तिमान बनाउँदै लेभरक्युजनलाई ११ अङ्कको अग्रता
काठमाडौँ । बायर लेभरक्युजनले माइन्जलाई रोमाञ्चक खेलमा हराउँदै जर्मनीमा ३३ खेलको अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ । जीतपछि ज्याभी ओलोन्सोको टोलीले बुन्डेस लिगाको शीर्ष स्थानमा दोस्रो स्थानमा रहेको बायर्न म्युनिखभन्दा ११ अङ्कको अग्रता बनाएको हो ।
ग्रानिट जाकाले खेलको तेस्रो मिनेटमा नै लेभरक्युजनलाई अग्रता दिलाएका थिए । तर, चार मिनेटपछि नै डोमिनिक कोहरले खेल बराबरी गरे । दोस्रो हाफमा रोबर्ट एन्डरिचको लामो दुरीको प्रहार माइन्जका गोलकिपर रोबिन जेन्टनरले रोक्न नसकेपछि खेल लेभरक्युजनले २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
एन्डरिचको गोलपछि बराबरी गोल फर्काउने आशमा रहेको माइन्जलाई अर्को धक्का लाग्यो । ८० औँ मिनेटमा जेसिक न्गाकाकामले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्न पुगेको थियो ।
२३ खेलपछि लेभरक्युजनको ६१ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको बायर्नले एक खेल कम खेल्दै ५० अङ्क बटुलेको छ । माइन्ज १५ अङ्कसहित रेलिगेसन क्षेत्रमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण