प्रधान सेनापतिद्वारा अभ्यास शान्ति प्रयासको अवलोकन
काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले शनिबार श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चौथो संस्करणको अवलोकन गरेका छन् ।
प्रधान सेनापतिलाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिले अभ्यासको बारेमा जानकारी गराएका थिए । सो अवसरमा प्रधान सेनापतिले स्टाफ ट्रेनिङ इभेन्ट, फिल्ड ट्रेनिङ इभेन्ट, क्रिटिकल इनेब्लर एन्ड क्यापाबिलिटी इनहान्समेन्टसँग सम्बन्धित कक्षा तथा अभ्यासहरूको अवलोकन गर्नुका साथै सहभागीहरूसँग अन्तरक्रिया समेत गरेका थिए ।
संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोगमा नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा फागुन ८ गतेबाट सुरु भएको नेपाल सहित १९ राष्ट्रका सैनिकहरू सम्मिलित उक्त अभ्यास फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण