जसपाका दुई पालिका समिति पुनर्गठन
शनिबार, १२ फागुन २०८०, १६ : ३७
धनकुटा । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिकामा धनकुटाको सहिदभूमि गाउँपालिका र इलामको माङ्सेबुङ गाउँपालिका रहेका छन् ।
पार्टीको राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यमा पालिकामा आयोजित भेलाले टङ्क राईको अध्यक्षतामा २१ सदस्यीय सहिदभूमि गाउँ समिति पुनर्गठन गरेको हो ।
त्यस्तै शुक्रबार माङ्सेबुङको वडा नं ५ मा आयोजित भेलाबाट किसान खजुमको अध्यक्षतामा ३१ सदस्यीय गाउँ समिति पुनर्गठन गरेको छ । कार्यक्रममा पार्टीका कोसी प्रदेश समितिका अध्यक्ष दीपक याक्खा, प्रदेश निर्वाचन आयोगका अध्यक्ष विनोद नेम्बाङ, लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष एवम् इलाम जिल्ला इन्चार्ज सञ्जय मेवाहाङ राईलगायतका नेताहरू उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण