समुन्द्रको ‘बेनामे फिल्म’मा एलिजा र निश्चल अनुबन्धित
शनिबार, १२ फागुन २०८०, १८ : ०४

काठमाडौँ । निर्देशक समुन्द्र भट्टको नयाँ फिल्ममा अभिनेत्री एलिजा गौतम र अभिनेता निश्चल खड्का अनुबन्धित भएका छन् । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘अनटाइटल्ड फिल्म(बेनामे फिल्म)’मा एलिजा र निश्चललाई शनिबार समुन्द्रले अनुबन्धित गरेकी हुन् । फिल्मको नाम भने टुंगो लागिसकेको छैन ।
समुन्द्रका अनुसार प्रेमकथा, क्राइम र थ्रिलर जनराको फिल्म आगामी वैशाखमा छायाङ्कन हुनेछ । फिल्ममा समुन्द्रकै कथा हुनेछ । फिल्म ‘अनुराग’बाट डेब्यु गरेकी एलिजाले त्यसयता थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।
निश्चलले ’लन्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ । समुन्द्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेका लागि बेहुलीको घरमा प्रस्थान गर्नु अघि बेहुलाको मृत्यु
-
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
-
अख्तियारले फेटा गाउँपालिकाका दुई अधिकारीसहित मिडिया हाउसविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
-
रौतहटमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरू
-
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
-
सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोग : माओवादीलाई अध्यक्ष छाड्न तयार छैनन् कांग्रेस–एमाले