समुन्द्रको ‘बेनामे फिल्म’मा एलिजा र निश्चल अनुबन्धित
शनिबार, १२ फागुन २०८०, १८ : ०४
काठमाडौँ । निर्देशक समुन्द्र भट्टको नयाँ फिल्ममा अभिनेत्री एलिजा गौतम र अभिनेता निश्चल खड्का अनुबन्धित भएका छन् । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘अनटाइटल्ड फिल्म(बेनामे फिल्म)’मा एलिजा र निश्चललाई शनिबार समुन्द्रले अनुबन्धित गरेकी हुन् । फिल्मको नाम भने टुंगो लागिसकेको छैन ।
समुन्द्रका अनुसार प्रेमकथा, क्राइम र थ्रिलर जनराको फिल्म आगामी वैशाखमा छायाङ्कन हुनेछ । फिल्ममा समुन्द्रकै कथा हुनेछ । फिल्म ‘अनुराग’बाट डेब्यु गरेकी एलिजाले त्यसयता थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।
निश्चलले ’लन्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ । समुन्द्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण