आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद

शनिबार, १२ फागुन २०८०, १९ : ४५
शनिबार, १२ फागुन २०८०

सिरहा । सिरहा प्रहरीले बेवारिसे अवस्थामा रहेको दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको गोलबजार नगपालिका–१० कमलदह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।

बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीलाई देखेर बन्दुक फाली भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिएको छ । उनले विशेष सूचनाको आधारमा प्रहरी पुगे पनि उनीहरु बन्दुक फालेर भागेको जनाए ।

बन्दुक फालेर भागेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप