इङ्गल्यान्डका पूर्व फुटबलर स्टेन बाउल्सको निधन
काठमाडौँ । इङ्गल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी स्टेन बाउल्सको निधन भएको छ । आफ्नो समयका चर्चित स्ट्राइकर बाउल्सको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ ।
बाउल्सले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, क्विन्स पार्क रेन्जर्स, ब्रेन्टफोर्डलगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । उनी लामो समयदेखि अल्जाइमर रोगबाट पीडित थिए । उनले आफ्नो सक्रिय खेल जीवनमा पाँच सय ६० भन्दा बढी खेल खेलेका थिए ।
बाउल्सले सन् १९७४ देखि सन् १९७७ सम्म इङ्गल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले क्विन्स पार्क रेन्जर्सका लागि मात्र तीन सय १५ खेल खेल्दै ९७ गोल गरेका थिए ।
‘बाउल्स आफ्नो समयका निकै प्रभावशाली खेलाडी थिए । उनी हाम्रो क्लबसँग अभिन्न रूपमा जोडिएका थिए । उनको निधनको खबरले हामी स्तब्ध: बनेका छौँ । हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ,’ क्विन्स पार्क रेन्जर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण