आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

आइतबार, १३ फागुन २०८०, १० : ५२
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीकाे सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप