गोली चलाएको अभियोगमा ४ जना प्रहरी नियन्त्रणमा
सुर्खेत। वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि अनुसन्धानमा समस्या आउन सक्ने भन्दै उनीहरुको परिचय भने गोप्य राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले भने उक्त विषयमा अनुसन्धान भइरहेको रातोपाटीलाई जानकारी दिए । शनिवार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, देउतिथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो । यद्यपि गोली उनी चढेको गाडीमा लागेको प्रहरीले जनाएको छ।
गिरी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला सदस्य समेत हुन् । फागुन १३ गतेदेखि वीरेन्द्रनगरका सञ्चालन हुने महोत्सवको विषयमा रहेर विवाद सिर्जना भएको आशंका गरिएको छ। सुर्खेत उद्योग वाणिज्य संघको आयोजनाका हुन लागेको उक्त महोत्सवको ठेक्काको विषयलाई लिएर दुर्ई समुहबिच विवाद भएको देखिन्छ।
पक्राउ गरिएकामध्ये केहि भारतीय सुटर पनि रहेको बताइएको छ। प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण