किन आए अमेरिकी सेनाका इन्डो-प्यासिफिक कमान्डर ?
काठमाडौँ । अमेरिकी सेनाका एक उच्च अधिकारी नेपाल भ्रमणमा आएका छन् । पाँचखालमा जारी शान्ति प्रयासको चौथो शृङ्खलामा भाग लिने क्रममा अमेरिकी इन्डो–प्यासिफिक कमान्डका प्रमुख एडमिरल जोन एक्युलिनोल काठमाडौँ आएका नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
भण्डारीका अनुसार पाँचखालमा यही फागुन ८ देखि सुरु भएको शान्ति प्रयासको चौथो चरणको अवलोकनका लागि उनी नेपाल आएका हुन । उनी आइतबार सो कार्यक्रममा सहभागी हुँदैछन् ।
१९ देशका एक हजार १ सय सैनिकको सहभागिता रहेको सो प्रयास यही फागुन २१ गते सम्पन्न हुनेछ । नेपाल र अमेरिकी सेनाको संयुक्त प्रयासमा सो अभ्यास हुँदै आएको छ । अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभ र नेपाली सेनाले शान्ति प्रयास सञ्चालन गर्दै आएका छन् ।
अमेरिकी इन्डो–प्यासिफिक कमान्डका प्रमुखले काठमाडौँमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खडका, प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च पदस्थहरूसँग भेट गर्ने कार्यक्रम छ । उनी भारतको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण