आईसीसी विश्वकप लिग-२ क्रिकेट
नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ४० ओभरमा ७ विकेट गुमाएर १३० रन
आइतबार, १३ फागुन २०८०, १२ : २४

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले ४० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको छ ।
नेपालका लागि आठौँ नम्बरका ब्याट्सम्यान आरिफ शेख ११ र नवौँ नम्बरका ब्याट्सम्यान गुलसन झा दुई रन बनाउँदै क्रिजमा छन् ।
नेपालको रन रेट ३.२५ रहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।