‘मिष्टर पर्फेक्शनिष्ट’ आमिर खानकै १५–२० वटा अवगुण
नयाँदिल्ली । यतिबेला बलिउड अभिनेता आमिर खान र उनकी पूर्वपत्नी किरण राव आफ्नो आगामी फिल्म ‘लापता लेडीज’ को प्रमोशनमा व्यस्त छन् । हालै एक कार्यक्रममा अभिनेताले दोस्रो पत्नी किरणसँगको सम्बन्धविच्छेदबारे कुरा गरेका थिए । सम्बन्ध विच्छेद गरेपछि आमिरले किरणलाई आफूमा के कमी थियो ? भनेर सोेधेका थिए । यसको जवाफमा किरणले उनलाई १५ देखि २० ओटा कमी कमजोरी औंल्याइन् । यो सुनेर आमिर छक्कै परे ।
आमिर र किरणको सम्बन्धविच्छेद भर्खर भर्खर भएको थियो । कुनै साँझ दुवैजना सँगै थिए । यतिबेला आमिरले किरणलाई ‘पतिको रुपमा ममा के कमी थियो ? मैले आफूमा के सुधार गर्न सक्छु ?’ भनेर सोधे । आमिरको प्रश्न सुनेपछि किरणले लेख भनेर भनिन् । अनि एकपछि अर्को गर्दै मिष्टर पर्फेक्शनिष्टका १५–२० अवगुण टिपाइन् । आमिर धेरै बोल्ने अनि अरुलाई बोल्न दिँदैनन् भन्ने किरणको गुनासो थियो ।
छोरा आजादलाई मिलेर हुर्कारहेका छन् आमिर–किरण
आमिर र किरणले सन् २००५ मा विवाह गरेका थिए । २०२१ मा दुवै अलग भए । तर यिनीहरुबिच अझै पनि राम्रो सम्बन्ध छ । दुबै अझै सँगै काम गरिरहेका छन् । मिल्ने साथी हुन् अनि छोरा आजादलाई पनि मिलेर हुर्काइरहेका छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने किरणले १३ वर्षपछि फिल्म ‘लाप्ता लेडिज’बाट निर्देशकको रुपमा कमब्याक गर्दैछिन् ।
यो फिल्मका निर्माता आमिर हुन् । अभिनेताका रुपमा आमिरको अन्तिम फिल्म ‘लालसिंह चड्ढा’ थियो । अहिले उनी तीनवटा फिल्ममा काम गरिरहेका छन् । सन्नी देओलको ‘लाहोर १९४७’ र आफ्नै छोरा जुनैदको डेब्यू रोमान्टिक फिल्म ‘एक दिन’को निर्माण गरिरहेका छन् । अभिनेताको रूपमा उनको आगामी फिल्मचाँहि ‘सितारा जमीन पर’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण