बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘मिष्टर पर्फेक्शनिष्ट’ आमिर खानकै १५–२० वटा अवगुण

आइतबार, १३ फागुन २०८०, १७ : ३८
आइतबार, १३ फागुन २०८०

नयाँदिल्ली । यतिबेला बलिउड अभिनेता आमिर खान र उनकी पूर्वपत्नी किरण राव आफ्नो आगामी फिल्म ‘लापता लेडीज’ को प्रमोशनमा व्यस्त छन् । हालै एक कार्यक्रममा अभिनेताले दोस्रो पत्नी किरणसँगको सम्बन्धविच्छेदबारे कुरा गरेका थिए । सम्बन्ध विच्छेद गरेपछि आमिरले किरणलाई आफूमा के कमी थियो ? भनेर सोेधेका थिए । यसको जवाफमा किरणले उनलाई १५ देखि २० ओटा कमी कमजोरी औंल्याइन् । यो सुनेर आमिर छक्कै परे ।

आमिर र किरणको सम्बन्धविच्छेद भर्खर भर्खर भएको थियो । कुनै साँझ दुवैजना सँगै थिए । यतिबेला आमिरले किरणलाई ‘पतिको रुपमा ममा के कमी थियो ? मैले आफूमा के सुधार गर्न सक्छु ?’ भनेर सोधे । आमिरको प्रश्न सुनेपछि किरणले लेख भनेर भनिन् । अनि एकपछि अर्को गर्दै मिष्टर पर्फेक्शनिष्टका १५–२० अवगुण टिपाइन् । आमिर धेरै बोल्ने अनि अरुलाई बोल्न दिँदैनन् भन्ने किरणको गुनासो थियो ।

छोरा आजादलाई मिलेर हुर्कारहेका छन् आमिर–किरण
आमिर र किरणले सन् २००५ मा विवाह गरेका थिए । २०२१ मा दुवै अलग भए । तर यिनीहरुबिच अझै पनि राम्रो सम्बन्ध छ । दुबै अझै सँगै काम गरिरहेका छन् । मिल्ने साथी हुन् अनि छोरा आजादलाई पनि मिलेर हुर्काइरहेका छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने किरणले १३ वर्षपछि फिल्म ‘लाप्ता लेडिज’बाट निर्देशकको रुपमा कमब्याक गर्दैछिन् ।

यो फिल्मका निर्माता आमिर हुन् । अभिनेताका रुपमा आमिरको अन्तिम फिल्म ‘लालसिंह चड्ढा’ थियो । अहिले उनी तीनवटा फिल्ममा काम गरिरहेका छन् । सन्नी देओलको ‘लाहोर १९४७’ र आफ्नै छोरा जुनैदको डेब्यू रोमान्टिक फिल्म ‘एक दिन’को निर्माण गरिरहेका छन् । अभिनेताको रूपमा उनको आगामी फिल्मचाँहि ‘सितारा जमीन पर’  हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप