शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘रङ्गेली’ विषयमा दयाहाङ भन्छन्, ‘यो पैसा र पावरको कथा हो’

आइतबार, १३ फागुन २०८०, १९ : २७
आइतबार, १३ फागुन २०८०

काठमाडौंँ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म हो ‘रङ्गेली’ । फागुनको २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा दयाहाङले ‘विजय’ नामक ‘ग्याङस्टार’को भूमिका निर्वाह गरेका छन् ।

विजय सामान्य मानिस हो । तर, असामान्य जीवन भोग्छ । जहिले पनि उसको उद्देश्य भनेको पैसा र पावर हुन्छ । यी दुवै कुराले उसको जीवनमा पारेको प्रभाव फिल्मको कथा भएको दयाहाङले बताए ।

‘अहिलेको समयमा युवाहरू पनि पैसा र पावरकै पछि लागेका छन् । आम मानिसको सोच नै यसकै पछि लाग्ने छ,’ उनले थपे, ‘रङ्गेली’मा यो कथा समेत छ । तर चरित्रको उठान भेगीय हिसाबले केही फरक छ ।’ दयाहाङले आफूले अहिलेसम्म अभिनय गरेको चरित्र भन्दा रङ्गेलीको चरित्र फरक रहेको सुनाए ।

‘मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ‘ग्रे’ चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । ‘रङ्गेली’को चरित्रलाई पनि ‘ग्रे’ चरित्र मान्न सकिन्छ’, दयाहाङले थपे ‘तर आम मानिसको आम सोचाइबाट हेर्दा यसमा ‘डार्क’ चरित्र नै देखिन्छ ।’ विजयभित्र रहेका मानवता र अनुभूतिका कुरा छ । सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भनेर समेत चलचित्रले देखाउँछ।’

‘‘ग्याङस्टार’ले कहीँ न कहीँ बिसाउने ठाउँ पायो भने उसले सारा चिज बिसाउने इच्छा राख्छ’ दयाहाङ भन्छन् ‘मेरो लागि यो चाखलाग्दो यात्रा थियो । किनभने विजय (ग्याङस्टार)को एउटा चुनौतीमा गएर उसको जीवनको यात्रा सकिएको छ ।’ दयाहाङले ‘रङ्गेली’को विजय (ग्याङस्टार)को चरित्र आफैँमा चाख लाग्दो चरित्र भएको सुनाए ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ र मिरुनाको अलावा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ । चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप