सेती नदीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु, एक बेपत्ता
सोमबार, १४ फागुन २०८०, १० : १६
कास्की । कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ भने अन्य एकको खोजी कार्य जारी छ ।
माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङको शव ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले गए राती पौने १ बजे शव निकालेको हो । सोही ठाउँ बस्ने ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ ।
शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण