शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारबाट १० जना जुवाडे पक्राउ

सोमबार, १४ फागुन २०८०, १० : २२
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ बालुवाटार स्थित चुनदेवीबाट प्रहरीले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जका डीएसपी अम्मर बहादुर थापा (क्षेत्री) नेतृत्वको टिमले जुवा खालबाट १ लाख ४७ हजार नगद बरामद गरेको छ ।

विनीता गिरीले भाडामा लिएको घरमा सञ्चालित जुवा खालमा छापा मारेर १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । बुढानीलकण्ठ–९ घर भएका प्रेम अर्याल, बुढानीलकण्ठ–३ घर भएका राम लामा, सङ्खुवासभा घर भएका चेतन राई, दोलखा घर भएका दीपक शर्मा र सोलुखुम्बु घर भएका ४० वर्षीय खगेन्द्र लामिछाने छन् ।

त्यस्तै, काठमाडौँको तार्केश्वर घर भएका एकलाल अम्मगाई,म्याग्दी घर भएकी पुनम थापा मगर,  सिन्धुपाल्चोक घर भएकी दिपा कार्की र जुवाखाल सञ्चालन गर्ने सुनसरीकी विनीता गिरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप