बालुवाटारबाट १० जना जुवाडे पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ बालुवाटार स्थित चुनदेवीबाट प्रहरीले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जका डीएसपी अम्मर बहादुर थापा (क्षेत्री) नेतृत्वको टिमले जुवा खालबाट १ लाख ४७ हजार नगद बरामद गरेको छ ।
विनीता गिरीले भाडामा लिएको घरमा सञ्चालित जुवा खालमा छापा मारेर १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । बुढानीलकण्ठ–९ घर भएका प्रेम अर्याल, बुढानीलकण्ठ–३ घर भएका राम लामा, सङ्खुवासभा घर भएका चेतन राई, दोलखा घर भएका दीपक शर्मा र सोलुखुम्बु घर भएका ४० वर्षीय खगेन्द्र लामिछाने छन् ।
त्यस्तै, काठमाडौँको तार्केश्वर घर भएका एकलाल अम्मगाई,म्याग्दी घर भएकी पुनम थापा मगर, सिन्धुपाल्चोक घर भएकी दिपा कार्की र जुवाखाल सञ्चालन गर्ने सुनसरीकी विनीता गिरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण