मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभाको पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

सोमबार, १४ फागुन २०८०, १५ : ५४
सोमबार, १४ फागुन २०८०

सङ्खुवासभा । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजारस्थित २८७ औँ शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले आइतबार विधिवत् रूपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् । 

उक्त अवसरमा न्यायाधीश हरिप्रसाद फुयाँलले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरूले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको वर्तमान अवस्थाको बारेमा प्रकाश पारेका थिए । शाखा कार्यालय पोखरीबजारको समुद्घाटन पूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप