अक्षय र टाइगर सहभागी कार्यक्रममा तनाव, प्रहरीद्वारा लाठीचार्ज
नयाँ दिल्ली । बलिउड स्टार अक्षय कुमार र टाइगर श्राफ एक सम्भावित दुघर्टनाबाट बचेका छन् । दुबै अभिनेता आफ्नो आगामी फिल्म बडे मियाँ छोटे मियाँको प्रमोसनका लागि लखनउ गएका थिए । लखनउको घण्टाघरमा अभिनेताहरूलाई हेर्न आउनेको भिड थियो । फिल्म प्रमोसनका क्रममा स्टेजमा दुवैले डोरीको सहारामा स्टन्ट गरिरहेका थिए । स्टेज मुनि फ्यानहरू कराउँदै थिए । भिड अनियन्त्रित हुन थाल्यो भने एक अर्कालाई चप्पल जुत्ताले हान्न थाले । तनावपूर्ण स्थिति नियन्त्रणमा दिन प्रहरीले लाठीचार्ज नै गर्नु पर्यो ।
तर यस घटनाले प्रमोशनल इभेन्टमा कुनै समस्या आएन । बढे मियाँ छोटे मिया एक्सन फिल्म हो ।हालै मात्र फिल्मको टिजर रिलिज गरिएको थियो । यो टिजरलाई दर्शकहरूले निकै मन पराएका थिए । फिल्ममा एक्सन र स्टन्टको लेभल दुई गुणा बढी भएको बताइएको छ । टिजरका अनुसार अक्षय र टाइगर फिल्ममा आर्मी अफिसर बनेका छन् । दुवै खास मिसनमा देखिन्छन् ।
फिल्ममा खल पात्रको भूमिका दक्षिण भारतीय अभिनेता पृथ्वीराज सुकुमारनले निभाएको बताइएको छ । तर फिल्मको टिजरमा पृथ्वीराजको अनुहार देखाइएको छैन । फिल्ममा अक्षय र टाइगर बाहेक मानुषी छिल्लर, सोनाक्षी सिन्हा र अलाया एफ पनि छिन् । फिल्म अप्रिल १० मा इदको अवसर पारेर रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण