सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कौडा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मङ्गलबार, १५ फागुन २०८०, १३ : ४१
मङ्गलबार, १५ फागुन २०८०

झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । शिबसताक्षी नगरपालिका-११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा कौडा खेलिरहेको अवस्थामा दुलाल समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ६५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप