लेखा समिति बैठक
टेरामक्स मुद्दा छिट्टै विशेष अदालत लाने अख्तियारको तयारी
मङ्गलबार, १५ फागुन २०८०, २२ : १३
काठमाडौँ । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स सम्बन्धी मुद्दा छिट्टै विशेष अदालतमा दर्ता हुने भएको छ ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणमा छिटै टुंगोमा पुग्ने जानकारी दिए ।
यो प्रकरणमा जोडिएकाहरुको बयान लिने काम सकिएको उनले समितिलाई जानकारी गराए ।
राईका अनुसार, सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रेस खरिद योजनाको टेप प्रकरणको पनि आयोगले अनुसन्धान गरिरहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स खरिद एवं जडान गर्ने योजना अघि सारेपछि यो योजनामा अनियमितता भएको भन्दै संसदीय समितिले समेत सिफारिस गरेपछि आयोगले अनुसन्धानलाई टुंग्याउने गरी काम गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण