आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने काम गर्‍यो : अध्यक्ष लिङ्देन

मङ्गलबार, १५ फागुन २०८०, १९ : १७
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको बताएका छन् । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष लिङ्देनले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे । उनले अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय राजनीतिक दलहरुलाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले नागरिकलाई दिने सेवा सुविधामा झनै ढिलासुस्ती हुन थालेको बताए । उनले टेरामक्स प्रविधिमा झन्डै एक खर्ब राजश्व हिनामिना भएको भनिएपनि अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेको प्रति गुनासो गरे ।

अध्यक्ष लिङ्देनले दोषीलाई कानुनको दायरामा ल्याउन अख्तियारलाई केले रोकेको हो ? भन्दै प्रश्न गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप