अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने काम गर्यो : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको बताएका छन् । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे । उनले अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय राजनीतिक दलहरुलाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले नागरिकलाई दिने सेवा सुविधामा झनै ढिलासुस्ती हुन थालेको बताए । उनले टेरामक्स प्रविधिमा झन्डै एक खर्ब राजश्व हिनामिना भएको भनिएपनि अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेको प्रति गुनासो गरे ।
अध्यक्ष लिङ्देनले दोषीलाई कानुनको दायरामा ल्याउन अख्तियारलाई केले रोकेको हो ? भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण