शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय विदेश मन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबिच भेटवार्ता

मङ्गलबार, १५ फागुन २०८०, २० : १५
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ। परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र भारतीय विदेश मन्त्री एस जयशंकरबिच आज भेट वार्ता भएको छ । भारतको पुणेमा आयोजना हुने आठौँ एसिया इकोनोमिक डायलगमा सहभागी भारत पुगेका सचिव लम्सालले आज मन्त्री जयशंकरसँग भेट वार्ता गरेकी हुन् ।

भेटको क्रममा दुई देश बिचको कूटनीतिक सम्बन्धमा कुराकानी भएको बताइको छ । उनले विदेश सचिव विनय क्वात्रासँग पनि भेटघाट गर्ने बताइको छ । बिहीबार हुने कार्यक्रमको उद्घाटन सत्रमा उनले भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ । एसिया इकोनोमिक डायलग भारतको विदेश मन्त्रालय र पुणे इन्टरनेशनल सेन्टरले संयुक्त रूपमा आयोजना गरेको छ ।

यसअघि विदेश मन्त्रालयले आयोजना गरेको रायसिना संवाद कार्यक्रममा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद भारत गएका थिए । त्यसबेला पनि मन्त्री साउद र मन्त्री एस जयशंकरबिच भेटवार्ता भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप