भारतीय विदेश मन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबिच भेटवार्ता
मङ्गलबार, १५ फागुन २०८०, २० : १५
काठमाडौँ। परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र भारतीय विदेश मन्त्री एस जयशंकरबिच आज भेट वार्ता भएको छ । भारतको पुणेमा आयोजना हुने आठौँ एसिया इकोनोमिक डायलगमा सहभागी भारत पुगेका सचिव लम्सालले आज मन्त्री जयशंकरसँग भेट वार्ता गरेकी हुन् ।
भेटको क्रममा दुई देश बिचको कूटनीतिक सम्बन्धमा कुराकानी भएको बताइको छ । उनले विदेश सचिव विनय क्वात्रासँग पनि भेटघाट गर्ने बताइको छ । बिहीबार हुने कार्यक्रमको उद्घाटन सत्रमा उनले भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ । एसिया इकोनोमिक डायलग भारतको विदेश मन्त्रालय र पुणे इन्टरनेशनल सेन्टरले संयुक्त रूपमा आयोजना गरेको छ ।
यसअघि विदेश मन्त्रालयले आयोजना गरेको रायसिना संवाद कार्यक्रममा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद भारत गएका थिए । त्यसबेला पनि मन्त्री साउद र मन्त्री एस जयशंकरबिच भेटवार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण