धिमाल सांस्कृतिक प्रदर्शनीमा कलाकारलाई सम्मान
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नी तुन्जाई सांस्कृतिक मञ्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङमा धिमाल समुदायको परम्परागत सांस्कृतिक प्रदर्शन गरिएको छ ।
उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजनामा आयोजित कार्यक्रममा धिमालका पुर्ख्यौली जन्मदेखि मृत्युसम्म गरिने संस्कृति प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा धिमालको संस्कार र संस्कृतिबारे उजागर तथा संरक्षण सम्बद्र्धनमा उल्लेखनीय योगदान गरेका तथा गर्दै आएका संस्कृति विद् र कलाकारहरूलाई सम्मानित समेत भए । सम्मानित हुनेमा अग्रज तथा संस्कृतविद्हरु कविन्द्र धिमाल, चन्द्रकान्त धिमाल, हरि धिमाल, अम्बर धिमाल, गोलान्धर धिमाल, धनबहादुर धिमाल र टेकबहादुर धिमाल रहेका छन् ।
कार्यक्रममा धिमाल भाषा र कला–संस्कारमा केही मात्रामा भिन्नता रहेको भन्दै धिमाल जातीको पनि सम्बन्धित निकायले लेखाजोखा राख्नुपर्नेसंस्कृत विद् चन्द्रकान्त धिमालले बताए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डाक्टर किराँती समेत सहभागिता रहेको कार्यक्रममा प्राज्ञ देवकुमार चौधरी, उर्लाबारी नगरपालिकाका–३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी, धिमाल जातीय विकास केन्द्रका अध्यक्ष अम्बर बहादुर धिमाल र नेपाल चलचित्र महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधान, कवि तथा साहित्यकार दिलीप सगर राई, धिमाल जातीय विकास केन्द्र केन्द्रीय सह–अध्यक्ष केदार धिमाल, उर्नी तुन्जाइ सांस्कृतिक मन्चका अध्यक्ष नरसिंह धिमाल, धिमाल जातीय विकास केन्द्रका महासभा सह–अध्यक्ष कविन्द्र धिमाल र वरिष्ठ कलाकार तुन्जाइ सांस्कृतिक मन्चका भुपु अध्यक्ष हरि धिमाल लगायत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण