सिटीको जीतमा हालान्डको पाँच गोल, डी ब्रुयनाको चार एसिस्ट
लण्डन । अर्लिङ हालन्डको शानदार प्रदर्शनको मद्दतले लुटन टाउनलाई हराउँदै साबिक विजेता म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा हालान्डले पाँच गोल गर्दा सिटी ६–२ गोल अन्तरले विजयी बनेको हो ।
नर्वेजियन खेलाडीको सिटीका लागि यो आठौँ ह्याट्रिक थियो । साथै उनी क्लबका लागि दुई पटक पाँच गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
खेलमा केभिन डी ब्रुयनाले हालान्डको सुरुवाती चार गोलका लागि अवसर सिर्जना गरेका थिए । हालान्डले खेलको तेस्रो मिनेटमा नै टोलीलाई अग्रता दिलाए । १८ औँ मिनेटमा उनले दोस्रो गोल गरे भने ४० मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे । पहिलो हाफको अन्त्यमा लुटनका लागि जोर्डन क्लार्कले एक गोल फर्काएका थिए ।
दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल गर्दै लुटनलाई केही समय खेलमा फर्किने आशा दिलाएका थिए । तर हालान्डले ३ मिनेटको अन्तरमा दुई गोल गर्दै लुटनको पुनरागमनको सपना चकनाचुर बनाइदिए । ७२ औँ मिनेटमा माटेयो कोभाचिचले गोल गर्दै टोलीलाई सहज जीत दिलाए ।
सिटी पछिल्ला १८ खेलमा अपराजित रहेको छ । तर, अहिले पनि लगातार दोस्रोपटक ट्रेबलको दौडमा कायम नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण