पक्राउ परेकालाई तत्काल रिहा नगरिए बैंकिङ कारोबार ठप्प पार्ने चेतावनी
काठमाडौँ । बैंकर्स धरपकड विरुद्ध वाणिज्य बैंकहरु एकजुट भएका छन् । कमसल धितो राखी ठुलो रकम कर्जा प्रवाह गरेको भन्दै प्रभु बैंकका डी–सीईओ मनोज न्यौपानेसहित दर्जन बैंकर्सलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेसँगै २० वटै वाणिज्य बैंकका सीईओहरु एकजुट भएका हुन् ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधवार आकस्मिक बैठक बसी बैंकर्समाथिको धरपकड विरुद्ध उत्रिने निर्णय गरेको छ । बैंकिङ कारोबारमा उच्च सावधानीका साथ ऐन, नियम बमोजिम कर्जा/निक्षेपसँगै अन्य आर्थिक गतिविधि गरिरहेको अवस्थामा कुनै कारण देखाई बैंकर्समाथि सीआईबीले धरपकड गर्नु निन्दनीय कार्य भएको संघको निष्कर्ष छ ।
बुधवारको बैठकले पक्राउ परेका बैंकर्सहरुलाई विना शर्त तत्काल रिहा गर्न माग गर्दै त्यसो नगरिए बैंकिङ गतिविधि ठप्प पार्ने सम्मका निर्णय गरिएको बैठकमा सहभागी एक बैंकर्सले रातोपाटीलाई जानकारी दिए । साथै, आजै केन्द्रीय बैंकका गभर्नर, सीआईबी प्रमुखसँगै गृहमन्त्रीलाई समेत भेटेर ध्यानाकर्षण गर्ने कार्यक्रम तय गरिएको ती बैंकर्सले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण