धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, यस्ता छन् सर्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनौट गर्नेगरी बुधबार एक सावजनिक सूचनामार्फत दरखास्त आह्वान गरिएको हो ।
रिक्त स्थानमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले पदपुर्तिका लागि जारी गरेको १५ दिने सूचनाअनुसार इच्छुक उम्मेदवारले फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त बिश्वबिद्यालयबाट कम्तिमा पनि स्नातकोत्तर हासिल गरी, धितो पत्र बजार व्यवस्थापन, पूँजी बिकास, आर्थिक बित्तिय, बाणिज्य व्यवस्थापन, वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्ष काम गरेको प्रतिष्ठित व्यक्ति हुनुपर्ने एउटा सर्त छ।
त्यसैगरी धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १० बमोजिम नेपालको नागरिक, उच्च नैतिक चरित्र, धितो पत्र बजार व्यवस्थापन, पूँजी बिकास, आर्थिक बित्तिय, बाणिज्य व्यवस्थापन, वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको हुनुपर्ने सर्त तोकिएको छ।
अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ ( संशोधन सहित) ले तोके बमोजिम तीन वर्ष उमेर पुरा भई पैसठ्ठी वर्ष उमेर नाघेको भनिएको छ।
तर, भ्रष्टाचार सम्बन्धि शुद्धिकरण, मानब बेचबिखन, लागु औषद कारोबार, पुरातात्विक बस्तु वा बन्य जन्तु संरक्षण, सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाए पाएको व्यक्ति योग्य हुने छैनन्। यस्तै बार्डले जारी गरेका सूचनामा आवेदन दिँदा आवश्यक कागजात सँगै बाणिज्य बैंक सिंहदरबार शाखामा जम्मा गरिएको नगदको सक्कल रु ५ हजारको भौचर समेत साथमा हुनुपर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा ‘महाभोज’, धमाधम फिल्म हेर्दै कलाकर्मी
-
कोशी प्रदेशले बढायो मोटरसाइकलको वार्षिक कर
-
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी तयारीमा लागौँ : अध्यक्ष ढुङ्गेल
-
द्वन्द्वग्रस्त देशबाट नेपालीको उद्धार गर्न सरकार तयारी अवस्थामा छ : श्रममन्त्री भण्डारी
-
राष्ट्रिय महिला फुटबल टोलीको घोषणा, प्रतिक्षा पहिलो पटक टिममा
-
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा हुने