खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
काठमाडौँ । नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
यो तथ्याङ्क २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई छ । यसमा शङ्कास्पद बिरामीको नमुना सङ्कलनको प्रयोगशाला परीक्षणबाट १ हजार ३४९ जना दादुरा रोगका बिरामी पुष्टि भएका थिए । ती मध्ये १ जनाको मृत्यु भएको थियो । दादुरा पुष्टि भएका मध्ये ७४ प्रतिशत ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी ९ महिनादेखि ५ वर्ष मुनिका थिए ।
प्रायः जसो दादुरा रोगको महामारी भारतसँग सीमा जोडिएका तराईका जिल्ला र काठमाडौँ जिल्लामा देखिएको मन्त्रालयले उल्लेख गरेको छ । हाल देशभर दादुरा–रुबेलाको खोप अभियान सञ्चालन छ । सो अभियान आगामी चैत्र ७ गतेसम्म जारी रहनेछ । यस अभियान देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण