सांसद श्रेष्ठको मागः समितिको निर्देशनलाई सरकारले कार्यान्वयन गरेन, प्रधानमन्त्रीलाई बोलाएर सोधौँ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले समितिले दिएको निर्देशनलाई सरकारले कार्यान्वयन नगरेकोबारे असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रेष्ठले समितिले दिएका निर्देशन कार्यान्वयन नगरेकोबारे प्रधानमन्त्रीलाई समितिमा बोलाएर ध्यानाकर्षण गराउनुपर्ने माग गरेका हुन् ।
उनले समितिले गरेका निर्णयहरू र दिएका निर्देशन सरकारले किन मानेन भन्नेबारेमा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले भने, ‘ समितिले निर्देशन दिएका कुरा कार्यान्वयन भएको रहेनछ । प्रधानमन्त्रीज्यूलाई नै उपस्थित गराएर समितिले गरेका निर्णयहरू हामीले दिएका निर्देशन किन मानेन सरकारले भन्ने कुरा गम्भीर छ । सरकारको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ, यसलाई गम्भीर रूपमा लिनुपर्छ । हामीले निरीक्षण किन गरेको, छलफल किन गरेको, किन निर्देशन दिएको यदि कार्यान्वयन नहुने हो भने । हामीले सरकार प्रमुखसँगै सल्लाह गर्नुपर्छ ।’
उनले छडजन्य सामग्रीको गुणस्तर मापनमा बढी जोड दिन आवश्यक रहेको बताए । ‘ गुणस्तरमै समस्या छ भन्नुभएको छ । यही डण्डीबाटै पुल, बिल्डिङ, सुरुङ बन्ने जतिपनि पूर्वाधार बन्ने छ, यो गम्भीर कुरा छ । र्यापिड स्तरमै छलफल गरेर समितिले निर्देशन दिनुपर्छ,’ श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण