बिदा हुन लागेका राष्ट्रिय सभा सदस्यबाट रातो पासपोर्ट फिर्ता मागियो
काठमाडौँ । संघीय संसद् सचिवालयले बिदा हुन लागेका राष्ट्रिय सभाका २० सांसदबाट कूटनीतिक राहदानी अर्थात् रातो पासपोर्ट फिर्ता मागेको छ । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्पर्क तथा सत्य शाखाका उपसचिव प्रदीप गुरागाईंले एक सूचना जारी गर्दै यही फागुन २० गते पदावधि सकिन लागेका राष्ट्रिय सभाका सदस्यबाट राहदानी बुझाउन आग्रह गरेका छन् ।
उनले सूचनामा भनेका छन्–‘राहदानी नियमावली, २०७७ को नियम १८ (१) मा कूटनीतिक राहदानी प्राप्त सरकारी पदमा रहेको व्यक्तिले पदबाट अलग भएको एक महिनाभित्र कूटनीतिक राहदानी फिर्ता गर्नु पर्ने व्यवस्था रहेको माननीय सदस्यज्यूहरूको जानकारीका लागि अनुरोध गरिन्छ ।’
यही फागुन २० गते कार्यकाल समाप्त हुने संघीय संसद्, राष्ट्रिय सभाका सदस्यलाई आगामी चैत्र २० गतेभित्र कूटनीतिक राहदानी नियमबमोजिम राहदानी विभाग, त्रिपुरेश्वरमा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय संसद् सचिवालयमार्फत राहदानी फिर्ता गर्न चाहनेलाई आगामी चैत १९ गते भित्र संघीय संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखामा बुझाउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण