हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई संसदीय समितिको निर्देशन
काठमाडौँ । राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुसी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी भएको छलफल प्रश्चात समितिले विभागलाई यस्तो आग्रह गरेको हो । समिति सभापति रामहरी खतिवडाले समिति बैठकमा बोल्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुसी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न आग्रह गरे । उनले विभागले प्रमाणहरुलाई राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरु विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबन्ने गरी मुद्दा अघि बढाउन आग्रह गरे ।
सभापति खतिवडाले नेपालमा उद्योगी व्यापारी लगायत अन्य मानिसहरु आंतकित हुने वातावरण राजश्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्नु नहुने बताए । उनले राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सम्बन्धित कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न आग्रह गरे ।
सभापति खतिवडाले बेनामी रुपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले यो विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान र राजश्व अनुसन्धान विभागले ध्यान दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण