सूर्य थापालाई रामहरिको प्रश्न – कहाँ पर्ने रहेछ छोरीको नगरपालिका ?
काठमाडौँ । एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री प्रचण्ड संसद छाडेर छोरीको नगरपालिकामा गएको टिप्पणी गरेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले विपक्षी सांसदले स्थानीय तहको नयाँ नाम दिएको भन्दै व्यङ्ग्य गरे । ‘७५३ वटा स्थानीय तहकोबारे मलाई जानकारी थियो । तर छोरी नगरपालिका भन्ने जानकारी थिएन । यो कहाँ पर्दो रहेछ । म सभामुख महोदयमार्फत भन्ने मान्य सदस्यलाई अनुरोध गर्न चाहान्छु, नयाँ नामाकरण भएछ, यो नेपालको कुन नगरपालिका रहेछ ? जानकारी पाए म खुसी हुने थिएँ’, उनले भने ।
भरतपुर भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन जाँदा थापाले प्रचण्ड छोरीको नगरपालिकामा गएको टिप्पणी गरेका थिए । सो क्रममा उनले प्रधानमन्त्री संसदमा नआई हराएको भन्दै खोजी गर्न समेत सभामुखको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण