शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सदन

सूर्य थापालाई रामहरिको प्रश्न – कहाँ पर्ने रहेछ छोरीको नगरपालिका ?

शुक्रबार, १८ फागुन २०८०, १२ : ०३
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री प्रचण्ड संसद छाडेर छोरीको नगरपालिकामा गएको टिप्पणी गरेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कटाक्ष गरेका छन् ।
 
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले विपक्षी सांसदले स्थानीय तहको नयाँ नाम दिएको भन्दै व्यङ्ग्य गरे । ‘७५३ वटा स्थानीय तहकोबारे मलाई जानकारी थियो । तर छोरी नगरपालिका भन्ने जानकारी थिएन । यो कहाँ पर्दो रहेछ । म सभामुख महोदयमार्फत भन्ने मान्य सदस्यलाई अनुरोध गर्न चाहान्छु, नयाँ नामाकरण भएछ, यो नेपालको कुन नगरपालिका रहेछ ? जानकारी पाए म खुसी हुने थिएँ’, उनले भने । 

भरतपुर भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन जाँदा थापाले प्रचण्ड छोरीको नगरपालिकामा गएको टिप्पणी गरेका थिए । सो क्रममा उनले प्रधानमन्त्री संसदमा नआई हराएको भन्दै खोजी गर्न समेत सभामुखको ध्यानाकर्षण गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप