८ बलमा १६ रन बनाएर आउट भए दीपेन्द्र
शुक्रबार, १८ फागुन २०८०, १३ : ०२
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।
दीपेन्द्र आठ बलमा दुई चौकाको मद्दतले १६ रन बनाउँदै आउट भएका हुन् । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनलाई नामिबियाका बलर बेन सिकोंगोले एलबीडब्लूको धरापमा पारेका हुन् । १८.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६७ रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण