सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

८ बलमा १६ रन बनाएर आउट भए दीपेन्द्र

शुक्रबार, १८ फागुन २०८०, १३ : ०२
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । 

दीपेन्द्र आठ बलमा दुई चौकाको मद्दतले १६ रन बनाउँदै आउट भएका हुन् । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनलाई नामिबियाका बलर बेन सिकोंगोले एलबीडब्लूको धरापमा पारेका हुन् । १८.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ६७ रन बनाएको छ । 
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप