सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदले प्रस्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

शुक्रबार, १८ फागुन २०८०, १३ : १२
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले प्रस्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्ने बताएका छन् । शुक्रवारको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले सरकारले संसदले प्रश्ताव गरेको बजेटलाई सिलिङ तोकेर विनियोजन गर्नु नहुने बताए । उनले सरकारले आर्थिक अवस्थालाई ध्यान दिने हो भनेपनि संसदसँग सल्लाह र छलफल गरेर सहमतिका आधारमा केही तलमाथि गर्न सकिने स्पष्ट पारे ।

उनले अरु सबै प्रक्रिया रोक्नसके पनि संसदीय प्रक्रियालाई रोक्न नमिल्ने भएकाले सरकारले संसदको बजेट प्रस्तावअनुसार विनियोजित गर्नुपर्ने बताए । उनले कर्मचारीहरुले बढी समय काम गरेको कुरालाई पारिश्रमीकमा नियन्त्रण गर्नु नहुने बताए ।

मन्त्रीहरुले दिएका आश्वासन मन्त्रीहरुलाई स्मरण गराउन समिति जागरुक हुनुपर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप