सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

सोमपालले लिए नामिबियाको तेस्रो विकेट

शुक्रबार, १८ फागुन २०८०, १३ : ५५
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी खेलमा नेपालले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले आफ्नो तेस्रो विकेट गुमाएको छ । नामिबियाको तेस्रो विकेट सोमपाल कामीले लिएका हुन् ।

उनले नामिबियाका जिन पियर कोट्जीलाई आउट गरे । सोमपालले कोट्जीलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका हुन् । सोमपालले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि कोट्जीले २२ बलमा चार चौकाको मद्दतले २५ रन बनाए । ७.२ ओभरमा कोट्जी आउट हुँदा नामिबियाले ५० रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप